भरतपुरमा फेरि पछि परे सुवेदी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले पुनः एमालेको उम्मेदवारलाई पछि पारेकी छन् । उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार अगाडि छन् ।
भर्खरै प्राप्त पछिल्लो मत परिणाममा दाहालले सुवेदीलाई ४५ मतले पछि पारेकी छन् । दाहालले ३५८ मतका साथ अग्रता बनाइरहँदा सुवेदीले २८१ मतसहित पछ्याइरहेका छन् ।
उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायम छ । हालसम्म अधिकारीले ३५८ र हिमला गुरुङले २१४ मत पाएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया