चलचित्र ‘प्रकाश’ को ट्रेलर सार्वजनिक
काठमाडौं । भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ ।
दिनेश राउतले निर्देशन गरेको उक्त चलचित्रमा सरकारी स्कूलको शिक्षक बन्न गाउँको एक विपन्न युवकले गर्नुपरेको संघर्ष र बेपत्ता श्रीमानको पखाईमा रहेकी एक महिलाको कथालाई देखाइएको छ ।
चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्रि दीया मास्केको मुख्य भुमिका रहेको छ ।
महेन्द्र अधिकारी निर्माता रहेको फिल्ममा प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको पनि अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन भने राजेश श्रेष्ठले छायाँकन गरेका हुन् ।
ताजा अपडेट
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक


प्रतिक्रिया