NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

एकैपटक ३६ उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ३६ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले ३६ मध्ये २० उपसचिवमध्ये केहीलाई मन्त्रालय तानेको छ भने केहीलाई अन्य निकायमा सरुवा गरेको छ ।

संघीय मामिला तथा मन्त्रालयका उपसचिव विनय कुमार सोनुको रंगेली नगरपालिका मोरङमा सरुवा भएको छ । अर्का उपसचिव भविश्वर घिमिरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा सरुवा भएको छ भने लाल बहादुर गुरुङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा सरुवा गरिएको छ । मन्त्रालयका अर्का उपसचिव सुभाष न्यौपानेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै, मन्त्रालयका उपसचिव भुदेव झालाई बरहथना नगरपालिका सर्लाही पठाइएको छ । उपसचिव सुमन अधिकारीलाई भानु नगरपालिका तनहुँ , सुमन धिताललाई भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालष्, सुवास पौडेललाई गृह मन्त्रालय र रोशन अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा पठाइएको छ ।

मन्त्रालयकै उपसचिव बिमला रोका श्रेष्ठलाई उपराष्ट्रपतिको कार्यालय काठमाडौं, अर्जुन राईलाई भोजपुर नगरपालिका, अजय बर्तौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती, एकदेव खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती र जनक थापालाई इनाथ नगरपालिका रौतहटमा सरुवा गरिएको छ ।

मन्त्रालयबाट अन्यत्र सरुवा हुनेमा उपसचिव विनोद कुँवर, नवाज अधिकारी, गणेशमान सिं राई, प्रदिप पौडेल, छविलाल सुबेदी छनु । कुवँरलाई भूमि व्यवस्थापन तथा गरिब निवारण मन्त्रालय, अधिकारीलाई काज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राईलाई पाँचपखन नगरपालिका संखुवासभा, पौडेललाई देवदव नगरपालिका रुपेन्देही र छविलाल सवेदीलाई रत्ननगर चितवनमा सरुवा भएको छ ।

उपसचिव कृष्ण प्रसाद सापकोटालाई बर्दघाट नगरपालिका, चितवनका कालिका नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत केघनाथ पाध्या मन्चपुरी नगरपालिकाबाट संघीयमा तानिएको छ । मन्त्रालयका उपसचिव कृष्ण प्रसाद सापकोटालाई बर्दघाट नगरपालिका नवलपरासी पठाइएको छ । कालिका नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमलाई संघमा तानिएको छ ।

सिद्धार्थनगर नगरपालिका रुपेन्देहीका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम मरासिनीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी सरुवा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज लम्साललाई पोहरा नगरपालिका रौतहट र बेलका नगरपालिका उदयपुरका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाको सुन्दरहरैचा नगरपालिका मोरङमा सरुवा भएको छ ।

देवचुली नगरपालिका नवलपरासीका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल माधवनारायण नगरपालिका रौतहटमा सरुवा गरिएको छ । भानु नगरपालिका तनहुँको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी, सिद्धिचरण नगरपालिका ओखलढुंगाका प्रमुख प्रशासकीय अधिकृत विनोद दाहाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बनीमा सरुवा गरिएको छ । त्यस्त विदुर नगरपालिा नुवाकोटका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासैनीको देवचुली नगरपालिका नवलपरासीमा सरुवा भएको छ ।

लेकबेसी नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश पठाइएकोछ । रत्ननगर नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई भिमेश्वर नगरपालिका दोलखा सरुवा गरिएको छ । बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या पन्चपुरी नगरपालिका सुर्खेत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णालीका उपसचिव केशव प्रसाद उपाध्याय कालिका नगरपालिका चितवन र काज राष्ट्रिय किताबखाना छाउनीका उपसचिव सुभाकर पौडेलको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको हो ।

भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव नरेन्द्र पौडेलको जिल्ला समन्वय समितिको कार्यालय तेहूथुममा सरुवा भएको छ । भीमेश्वर नगरपाालिका दोलाखाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्कालाई रामग्राम नगरपालिका नवलपरासीमा सरुवा गरिएको छ । त्यस्तै, रामग्राम नगरपालिका नवलपराीका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेलाई कपिलवस्तु नगरपालिकामा सरुवा गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष