लेखा परीक्षणतर्फ विन्दू विष्ट सचिवमा बढुवा
काठमाडौं । सरकारले लेखा परीक्षणतर्फ विन्दू विष्टलाई सचिव पदमा बढुवा गरेको छ । आज प्रशासनतर्फ डा. दीपक विष्टलाई पनि सचिव पदमा बढुवा गरिएको छ ।
मन्त्रिपषिद्को बिहिबारको बैठकले महालेखापरीक्षकको कार्यालयमा नायब महालेखापरीक्षक रहेकी विष्टको बढुवा गरेको हो ।
लेखापरीक्षणतर्फ महालेखा परीक्षकको कार्यालयका उप–महालेखापरीक्षक रामुप्रसाद डोटेल अनिवार्य अवकाशमा गएसँगै सचिव पद रिक्त थियो । सो पद रिक्त भएसँगै बढुवा सिफारिस समितिले ज्येष्ठताका आधारमा विष्टको नाम सिफारिस गरेको थियो ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया