खाण पक्राउपछि रविले दिए प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीलाई धन्यवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेकोमा प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नको आरोपमा खाणलाई बुधबार बिहान मात्रै प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने पक्षमा उभिँदै आएका लामिछानेले पक्राउपछि सरकारलाई धन्यवाद दिएका हुन् ।
यो सिलसिला रोकिन नहुने उल्लेख गर्दै संलग्न अन्यलाई पनि छानबिनको दायरामा ल्याउन उनले आग्रह गरेका छन् ।
‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू । यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्,’ उनले लेखेका छन् ।
प्रतिक्रिया