NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बलम्बु प्रभागमा गोली चल्यो, इन्सपेक्टर नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बलम्बु प्रभागमा गोली चलेको छ। गोली लागेर एक प्रहरी र एक सर्वसाधरण घाइते भएका छन् ।

इन्सपेक्टर सुरेन्द्र श्रेष्ठले पेस्तोल राख्ने क्रममा गोली चलेको हो । गोली उनकै बडिगार्डलाई लागेको छ । इन्सपेक्टर श्रेष्ठ नियन्त्रणमा रहेको प्रहरी स्रोत बताँउछ । नियोजित रुपमा गोली चलेको हो कि दुर्घटनाबश भन्नेमा छानबिन सुरु भएको छ ।