NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २० गते

उपसचिव डा.शाहसहित ५ जनालाई भ्रष्टाचारमा सफाइ

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४ स्थित गैराज्युला सिँचाई आयोजनामा भ्रष्टाचार गरेको आरोप लागेका ५ जनाले अदालतबाट सफाइ पाएका छन् । कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाह, सब–इन्जिनियर महेश बुढ्थापा, गैराज्युला कृषि सिँचाई निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँच बहादुर सेजुवाल, सचिव माया के.सी. भाम र कोषाध्यक्ष बिजकन्या भामले सफाइ पाएका हुन् ।

मुगु छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा यथार्थ र वास्तविक नाँपजाच गरी कार्य मूल्याङ्कन गर्नुको साटो बद्नियत राखी नभए नगरेको कुरा देखाई योजनास्थलमा वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गरी २ लाख ११ हजार तीन सय १६ रुपैयाँ बढी भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोग उनीहरुलाई थियो । गत वर्ष ८ मंसिरमा अख्तियारले मुद्दा दायर गरेकोमा आइतबार बिशेष अदाललते सफाइ दिने फैसला गरेको हो ।