NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ९ गते

प्रशासकीय अधिकृतसहित सात जनालाई भ्रष्टाचारमा सफाइ

काठमाडौं । भ्रष्टाचार मुद्दामा गाउँपालिकाका प्रशासकीय अधिकृतसहित सात जनाले सफाइ पाएका छन्। रुपन्देहीको कोटहीमाई गाउँपालिका १ मा भएको भ्रष्टाचार सम्बन्धि मुद्दामा बिशेष अदालतले सोमबार सफाइको फैसला गरेको हो ।

दानव नदीको सिपाहा नाकाबाट नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले प्रमाण नपुग्ने भन्दै सफाइ दिएको हो ।

गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे, इन्जिनियर मोहम्मद नरुल हुसेन तथा ठेक्का लिने कम्पनीका सञ्चालकहरू जीवन श्रीवास्तव, कमलेश प्रसाद बर्मा, जयप्रकाश लाल श्रीवास्तव, अशोक कुमार दुवे र संदीप कुमार त्रिपाठीले सफाइ पाएका हुन् । ४३ लाख ७० हजार रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले गत वर्ष मुद्दा दायर गरेको थियो ।