मालपोतका अधिकृत र नासु भ्रष्टाचारी ठहर
काठमाडौं । मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र नायव सुब्बा लेखनाथ भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । ऐलानी/सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिई व्यक्तिको नाममा पास गरेको मुद्दामा उनीहरु दोषी ठहर भएका हुन् । बिशेष अदालतले बुधबार यससम्बन्धि भ्रष्टाचार मुद्दाको फैसला सुनाएको हो ।
पर्सा साविक अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को ऐलानी/सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिई ऐलानी÷सार्वजनिक जग्गा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यबाट नेपाल सरकारलाई हानी पु¥याएको अभियोगमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । जसमा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि मुद्दा दायर भएकोमा उनीहरु पनि दोषी ठहर भएका हुन् ।
प्रतिक्रिया