NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

घुस लिने–दिने दुवैलाई कैद सजाय

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी आठ महिना कैद सुनाएको छ । उनी गत वर्ष डेढ लाख घुससहित पक्राउ परेका थिए ।

विशेष अदालतका न्यायाधीहरू खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजालले दोषी ठहर गरेको हो । त्यस्तै, घुस दिने ज्ञानहरि लामालाई पनि आठ महिना कैद र डेढ लाख जरिवाना भएको छ । उनले अदालतमा प्रतिकुल बकपत्र गरेका थिए ।

अनुज्ञापत्रका लागि ढुंगेललाई लामाले घुस दिएका थिए । सुरुमा अख्तियारलाई खबर गरेर पक्राउ गराएका उनले पछि अदालतमा ढुंगेलकै पक्षमा बकपत्र गरेपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो ।