NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काठमाडौंको बाफलमा कारले मोटरसाइकललाई ठक्कर दिदा महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ बाफलपुल नजिक सडकमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

बा. प्र ०२–०२८ च ८८०३ नम्बरको कारले ग.१७ प ४५५५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भई काठमाडौं थानकोट डेरा गरी बस्ने ४९ वर्षीया निर माया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।