NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ । यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो ।

नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरी मुल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएकाले बढाउनु परेको निगमले जनाएको छ ।
डिजेल÷मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।