पूर्वराष्ट्रपतिसँग ओलीको भेटघाट
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । पूर्वराष्ट्रपतिकै चपलीस्थित निवासमा पुगेर उनले भेटेका हुन् ।
भण्डारी पनि एमालेको राजनीतिमा सक्रिय हुने चर्चाका बीच दुईबीचको सम्बन्ध सुमधुर छैन । भेटमा भण्डारीले आफु निकट केही नेतालाई मन्त्री बनाउन सिफारिस गरेको स्रोत बताउँछ ।
प्रतिक्रिया