NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
जसअनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

भारतबाट मुल्य घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य घटाइएको निगमले जनाएको छ।