प्राधिकरणले बुझायो टिओडी मिटरको डाटासहितको प्रमाण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको वेला डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरूमा आपूर्ति गरेको बिजुलीको टिओडी मिटरको डाटासहितको प्रमाण सार्वजनिक लेखा समितिलाई बुझाएको छ। यसले ६ अर्ब मिनाहा गराउने प्रयासमा धक्का लागेको छ ।
समितिको अध्ययन प्रतिवेदन, विभिन्न अदालतको फैसलालगायतका विवरण प्राधिकरणले बिहीबार समितिमा बुझाएको हो।
समितिका सचिव एकराम गिरीले प्राधिकरणबाट बिभिन्न कागजपत्र प्राप्त भएको र त्यसमा अब समितिले अध्ययन हुने बताए ।
प्राधिकरणले ७० हजार पेजको डाटासहितको प्रमाण बुझाएको हो । गत शुक्रबार लेखा समितिले प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको थियो। त्यसको लिखित पत्र भने गत सोमबार प्राधिकरणमा पुगेको थियो। त्यसपछि प्राधिकरणले बिहीबार लेखा समितिमा प्रमाण पेस गरेको हो।
उता प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । घिसिङ जसरी पनि व्यापारीबाट बिल उठाउने पक्षमा छन् । तर, वर्तमान सरकार नउठाउने पक्षमा छ । सोही कारण उनले दबाब झेलिरहेका छन् ।
प्रतिक्रिया