NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ। घटेको मूल्य शनिबार मध्य रातिदेखि लागू हुने निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धमा प्रतिकिलोलिटर अमेरिकी डलर ३५ ले घटाइएको हो।

त्यस्तै, समायोजन मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रोमा १६२ र तेस्रो वर्गमा १६३ रुपैयाँमा कारोबार हुनेछ। त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँमा कारोबार हुनेछ।