राजीनामा दिएका मन्त्री कुर्मी पक्राउ पर्लान् ?
काठमाडौं । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले अन्ततः राजीनामा दिएका छन् । राजीनामा दिएपछि उनीमाथिको अनुसन्धान के हुन्छ भन्ने खुलेको छैन ।
गम्भीर अभियोगका आरोपीत कुर्मी एक महिनाअघि मन्त्री बनेका थिए । त्यसको विरोधमा पीडितहरु काठमाडौं आएर आन्दोलन गर्दै आएका छन् । पार्टी नै बदनाम हुँदै गएपछि कांग्रेसको निर्देशनमा शाहले राजीनामा दिएका हुन् ।
आन्दोलनको नेतृत्वकर्ता रुवी खान आफुहरुको माग राजीनामा नभई कानूनी कारबाही भएको बताउँछिन् । ‘राजीनामा दिदैमा हाम्रो आन्दोलन रोकिदैन,’ उनले भनिन्,‘उनीविरुद्ध मुद्दा दायर गर्नुपर्ने हाम्रो माग हो ।’ बाँके प्रहरीले सिआइबीको समेत सहयोगमा यो घटनाको अनुसन्धान गरेको छ । जसमा अकाट्य प्रमाण नभेटिएपनि परिस्थितीजन्य प्रमाणले निर्मला कुर्मीको जग्गा हात पार्नकै लागि उनलाई भारत लगेर बेपत्ता बनाइएको देखिने प्रहरी अधिकारी बताउँछन् । तर, दबाबका कारण प्रहरीले मुद्दा दायर गर्न सकेको छैन ।
प्रतिक्रिया