NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २७ गते

गृह मन्त्रालयको प्रवक्तामा तिवारी

काठमाडौं । गृह मन्त्रालयमा शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीले पाएका छन् । मन्त्रालयमै जिम्मेवारीविहिन रहेका उनलाई गृहमन्त्री रमेश लेखकले प्रवक्ताको जिम्मेवारीसहित महत्वपूर्ण महाशाखामा खटाएका हुन् ।

यसअघि सो महाशाखामा रहेका नारायण भट्टराईको कारागार व्यवस्थापन विभागमा सरुवा भएको छ । त्यस्तै, सहसचिव डा.टोकराज पाण्डेले मन्त्रालयको नीति तथा योजना महाशाखामा पदस्थापन भएका छन् । मन्त्रालयमा सरुवा भएका अन्य पाँच सहसचिव र २० उपसचिवले अझै जिम्मेवारी पाएका छैनन् । गृह मन्त्रालयले ठूलो संख्यामा सिडिओको सरुवा तयारी गरेपनि निर्णय गर्न सकेको छैन ।