५ करोड ठगेर फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
काठमाडौं । विदेश पठाइदिने भन्दै ५ करोड भन्दा धेरै ठगी गरी फरार भएकी बिनु शाक्यलाई प्रहरीले कम्बोडियामा पक्राउ गरी नेपाल ल्याएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई आइतबार नेपाल ल्याइएको हो ।
वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा रेड नोटिस जारी भएका सिन्धुपाल्चोक मांखाकी बिनु शाक्यलाई प्रहरीले पक्राउ गरेको हो। सिंगापुर पठाइदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ।
फरार भएका शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो।असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो। साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो। बिनुलाई कारबाही गराउन प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ। आचार्य र शाक्य प्रेमि -प्रेमिका हुन् ।
सुजन यसअघि लुटपाट, ठगी लगायत विविधि घटनामा पक्राउ परी छुटेका व्यक्ति हुन् । एक नायिकाको गोप्य भिडियो बाहिर ल्याउने भन्दै करोडौं बार्गेनिङ गरेको घटनामा पनि उनी पक्राउ परेका थिए।
ताजा अपडेट
-
मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल
-
आज पनि बढ्यो नेप्से, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट
-
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
-
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
प्रतिक्रिया