फरार इन्सपेक्टरले डिएसपीमाथि लगाइन् दुर्व्यवहारको आरोप
काठमाडौं । हनि ट्रयापिङ गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर बिनुकुमारी शाहीले आफुमाथि छानविन गर्ने डिएसपीमाथि नै गम्भीर आरोप लगाएकी छिन् । जिल्ला प्रहरी परिसर, ललितपुरका डिएसपी नरहरी अधिकारीले आफुलाई यौन दुर्व्यवहार गरेको भनेर गृह मन्त्रालयमा उजुरी गरेकी छिन् ।
डिएसपी अधिकारीकै नेतृत्वमा इन्सपेक्टर शाहीमाथि छानविन भएको थियो । सो छानविन समितिले इन्सपेक्टरलाई समेत मुद्दा चलाउन सिफारिस भएपछि पक्राउ पूर्जी जारी भएको थियो ।
त्यसैको प्रतिशोधमा डिएसपीले आफुलाई गालामा चिमटेको भनेर उनले उजुरी गरेको बताइन्छ । यस्तो उजुरी परेपछि ललितपुर परिसरले सो घटनाको अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको छ ।
इन्सपेक्टर शाही ललितपुरको भैंसेपाटी प्रभागको प्रमुख हुँदा एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै धम्काएर ३० लाख लेनदेन गरी छाडिएको थियो । यसमा प्रहरीको मिलेमतो देखिएको छ । एक प्रहरीसहित चार जना हाल थुनामा छन् । इन्सपेक्टर शाहीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । एसपी कमल थापामाथि पनि यही घटनामा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल
-
आज पनि बढ्यो नेप्से, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट
-
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
-
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
प्रतिक्रिया