NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

सीमा विवादबारे नेपालसँग टेबल टक गर्न भारत तयार, इंग्ल्यान्डलाई बोलाउँछाैँ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतको सीमाको सवालमा भारतले कूटनीतिक नोटको उत्तर दिएको बताएका छन् ।

संसदमा बोल्दै शाहले भारतले दुई देशका सीमा जानकार राखेर टेबल टक गर्न तयार भएको बताएको भनेका छन् ।

उनले भनेका छन्, ‘यससम्बन्धी हामीले भारत र चाइना सरकारलाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’