गीत प्रकरणबारे बालेन : गीत बलियो होइन, पार्टी कमजोर हो
काठमाडौं । माओवादी जनयुद्धका योद्धाहरूका कथा बोकेको प्रकाश सपुतको गीत ‘पिर’का केही अंशले सिंगो माओवादी केन्द्रलाई तरंगित बनाएको छ । जनयुद्धका पूर्वयोद्धालाई यौनकर्मीको रूपमा देखाएको भन्दै गीतको साे अंशमाथि सत्तारुढ दल माओवादी केन्द्रका कार्यकर्ताहरूले आपत्ति जनाएका छन् ।
यस गीतलाई लिएर नेपाली दुई खेमामा विभाजित भइरहेका बेला र्यापर तथा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)का उम्मेदवार बालेन शाहले पनि प्रतिक्रिया जनाएका छन् ।
बालेनले गीतले औँल्याएका कमजोरी सुधार्नुको सट्टा गायकलाई धम्क्याएर युट्युबबाट गीत हटाउन लगाएको भन्दै आपत्ति जनाएका छन् ।
कुनै पनि एउटा गीतले व्यवस्था र पार्टी हल्लिनु गीतमात्र बलियो नभएर व्यवस्था वा पार्टी (माओवादी केन्द्र) कमजोर रहेको पुष्टि भएको उनको भनाइ छ ।
‘यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो होइन, त्यो व्यवस्था र पार्टी कमजोर हो,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘यथार्थलाई अंगालेर, आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने होइन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो । परिवर्तन भनेको नै यही हो ।’
घाइते योद्धा भन्छन्–प्रकाश सपुतले ‘पिर’ गीतमा देखाएकोभन्दा दर्दनाक अवस्था भोग्दैछौँ
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया