बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सरकार, राजस्व र खर्चको लक्ष्य घटाउने तयारी

काठमाडौं । सरकारले आइतबार (साँझ ६ बजे) बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् ।
अर्धवार्षिक समीक्षामार्फत राजश्व र खर्चको लक्ष्य घटाउने तयारी गरेको छ । यसपटक लक्ष्यअनुसार राजश्व नउठेको कारणले राजश्व घटाउने तयारी सरकारले गर्न लागेको बुझिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया