ब्यूँतियो सांसद विकास कोष, थपियो ८ अर्ब बढी राज्यलाई भार
काठमाडौं । सरकारले अघिल्लो वर्ष खारेज भएको सांसद विकास कोष व्यूँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सांसद विकास कोष व्यूँताएको बताए । यसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।
सांसदहरूले आफूखुशी बनाइने आयोजनाहरू प्रभावकारी नभएको भन्दै व्यापक विरोध भएपछि तत्कालीन अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले २०७८/०७९ को बजेटमार्फत कार्यक्रम खारेज गरेका थिए । पौडेलको निर्णयलाई गतवर्ष जनार्दन शर्माले पनि निरन्तरता दिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया