घोराही सिमेन्टको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज (बुधबार जेठ १७ गते) अन्तिम दिन रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।
घोराही सिमेन्टले वैशाख १९ गतेदेखि प्रिमियम मूल्यको आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको थियो ।
प्रतिक्रिया