जनकपुरधाम उपमहानगरको बजेट २ अर्ब २८ करोड

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख६९ हजार २९० बजेट बिनियोजन गरेको छ ।
कुल विनियोजन रकममध्ये चालुतर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत रहेको छ भने पुँजीगततर्फ एडीबीसहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत र वितीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत छुट्याइएको छ ।
प्रतिक्रिया