रुस र युक्रेनले पहिलोपटक साटे युद्धबन्दी
काठमाडौं । युक्रेनी र रुसी सेनाले युद्ध सुरु भएदेखि पहिलोपटक युद्धबन्दीहरु आदानप्रदान गरेका छन् । युक्रेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिनाको अन्त्यमा छिमेकी देशमा सेना पठाउने आदेश दिएपछि पहिलोपटक सेनाहरु आदान प्रदान गरेको बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आदेशपछि युद्धका बन्दीहरू पहिलोपटक साटिएको छ’, युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले बिहीबार फेसबुकमा लेखेकी छन् । रुस र युक्रेनले आ-आफ्नो नियन्त्रणमा भएका १० १० जना सेनाहरु फिर्ता पठाएका हुन् ।
भेरेश्चुकले ब्ल्याक सी बन्दरगाह सहर ओडेसानजिक उद्धार गरिएका ११ रुसी नागरिक युक्रेनले फिर्ता पठाएको छ भने रुसले पानी जहाज चालक दलका १९ युक्रेनी सदस्यलाई पनि मुक्त गरेको छ ।
रुसका राष्ट्रपति पुटिनले युक्रेनमा गरेकाे हमलालाई ‘विशेष सैन्य अपरेशन’ भनेका छन् । यसबाट अहिलेसम्म हजाराैं मानिस मारिएका छन् । हमला फेब्रुअरी २४ देखि जारी छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया