देउवालाई शेखरको चुनौती, तालमेल अघि पार्टीभित्रै तालमेल मिलाउनुस्
काठमाडौं । चुनावी तालमेलबारे बहस भइरहेको कांग्रेसमा डा. शेखर कोइरालाले पार्टीभित्रै पहिले तालमेल मिलाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै नेता कोइरालाले चुनावको लािग अरु दलसँगको तालमेलमा होइन पार्टी एकता कसरी गर्ने भन्नेमा ध्यान दिन देउवालाई आग्रह गरेका हुन् ।
चुनावी तालमेलका नाममा केन्द्रबाट जबर्जस्ती गरिए पार्टी हितमा नहुने चेतावनीसमेत कोइरालाले दिएका छन् ।
‘चुनावी गठबन्धन गर्ने वा नगर्ने भन्नेमा होइन बहस कांग्रेसमा पार्टीको तल्लो तहदेखि नै कसरी एकता र सहकार्य गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ’ कोइरालाले बैठकमा भने, ‘अहिले चुनावी तालमेल वा गठबन्धन कोसँग गर्ने र के का लागि गर्ने ? केन्द्रले घोषणा गरेर तालमेल लादेर हुँदैन ।’
पार्टीले केन्द्रबाट गरेको तालमेलको निर्णय कार्यकर्ताले नमाने पार्टीको लागि ठूलो जोखिम हुने भन्दै तालमेलको आवश्यकता भए स्थानीय आवश्यकतको आधारमा तल नै हुने उनको भनाई थियो ।
तर सभापति देउवा चुनावी तालमेलको पक्षमा छन् । स्थानीय आवश्यकता हेरी कांग्रेसले हार्ने ठाउँमा तालमेल गर्नुपर्ने देउवा दृढ छन् ।
आफू बलियो भएको ठाउँमा नगर्ने तर कमजोर भएको ठाउँमा तालमेल गरेरै जाँदा पार्टीको हितमा रहेको देउवाको ठम्याइ छ ।
कांग्रेसमा देउवालाई तालमेलको लागि नेता रामचन्द्र पौडेलले पनि साथ दिएका छन् ।
तर १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका कोइराला केन्द्रले निर्णय गर्ने चुनावी तालमेलको विपक्षमा छन् ।
कांग्रेसका आजै सकिने केन्द्रीय समिति बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा माओवादी र एकीकृत नेकपा समाजवादीसँग चुनावी तालमेलको विषयमा सैद्धान्तिक निर्णय गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया