जनताको करबाट ब्याज खाने मेयर छान्ने कि ? रहरलाग्दो सहर बनाउने मेयर छान्ने ? : सिंह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिहले गठबन्धनको ओैचित्य अझै नसकिएकोले स्थानीय आवश्यकताको आधारमा गठबन्धनभित्रका दलहरूबीच तालमेल गरेर जानुपर्ने बताएका छन् ।
कहाँ कसरी तालमेल गर्ने विषयमा छिट्टै दलहरू बसेर मोडालिटी तय हुनेसमेत बताएका छन् । कांग्रेसको संसदमा उपस्थिति कस्तो थियो
कसरी कसका कारण कांग्रेस नेतृत्वमा सरकार निर्माण भयो यी सबै कुरा सबैले ख्याल राख्नुपर्ने समेत उनले बताए ।
के अब गठबन्धनकोओैचित्य सकिएको हो त ? भन्दै वास्तविकताको धरातलमा उभिन सबैलाई अपीलसमेत गरे । नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी कांग्रेस भएको कुरा नबिर्सन सबैमा अपिल गरे । राजधानीको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरूसितको भेटघाटका क्रममा उनले उक्त कुरा बताएका हुन् ।
अब चुनाव नजिक आसकेकाले कुन पार्टीले के गरिरहेकोछ जनताले लेखाजोखा गर्ने बेला आएको पनि उनले बताए । कसले कुन समयमा देश र जनताका लागि के गर्यो यसको सही मूल्यांकन गर्नु पर्ने भन्दै क्षणभरका घटनाको क्रम मात्रै नभई विगतको पनि समीक्षा गरेर आफ्नो मत दिनसमेत आग्रह गरेका छन् ।
फरक प्रसंगमा बोल्दै परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर कान्तिकारि कुरा गरेर राजनीतिमा आएको पार्टी विवेकशील साझाको हालत के भयो भन्दै राजनीतिमा नारा र भाषणले मात्रै चल्दैन भनेकुरा पुष्टि भएको समेत बताए । आज ती पार्टीका नेताको गतिविधि कस्तो छ पार्टी कस्तोछ सबैले देखे सुनेकै होला भन्दै भ्रम छर्नेहरू विस्तारै जनतामाझ नांगिदै जानेसमेत बताए ।
अब महानगरबासीले जनताले तिरेको कर बैंकमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताको करबाटबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएको भन्दै गम्भीरता साथ सोचेर निर्णय लिनसमेत काठमाडौं महानगरबासीलाई अपिलसमेत गरे ।
प्रतिक्रिया