आयोगले तोक्यो स्थानीय तहमा उम्मेदवारका लागि योग्यता ? को उम्मेदवार बन्न पाउँछन् ? को पाउँदैनन् ?
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारलाई योग्यता तोकेको छ । स्थानीय तह निर्वाचन निर्देशिका जारी गर्दै आयोगले उम्मेदवार हुनका लागि निश्चित योग्यता तोकेको हो । आयोगले विज्ञप्ति जारी गर्दै १९ वटा योग्यता तोकेको हो ।
यी योग्यता बमोजिमको स्वघोषणा पत्रमा उम्मेदवारले सम्पूर्ण विवरण ठीक साँचो रहेको र झुठा ठहरे कानून बमोजिम सहँन बुझाउन प्रतिवद्ध रहेको घोषणा गर्नुपर्नेछ । उम्मेदवारी मनोनय दर्ता गर्दा नै योग्यतका यी १९ बुँदाप्रति प्रतिवद्ध रहेको स्वघोषणा गर्नुपर्नेछ । स्वघाेषणाकाे अभ्यास पहिलाेपटक हुन लागेकाे आयोगले जनाएकाे छ ।
यस्ता घोषणामा २१ वर्ष नाघेको नेपाली नागरिक, गाउँपालिका र नगरपालिकाको वडाभित्रैको मतदाता भएको हुनुपर्ने, सरकारी सेवा सुविधामा नभएको, कुनै लाभको पद धारण नगरेको, कुनै स्थानीय तहको ठेककापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको, सरकारी, पेश्की, बेरुजु, तिर्न बुझाउन बाँकी नरहेको जस्ता योग्यता चाहिने भएको छ ।
यस्ता छन् आयोगले ताेकेकाे याेग्यता


ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया