मनोरञ्जन कर तिर्न एलओडी सहित ४३ डान्सबार, दोहोरी र क्लबलाई महानगरको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ ।
महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्रचार गरेको राजस्व विभागले बताएको हो। प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिम दरमा कर लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताएका छन्।
महानगरले १५ दिनको समय दिएर पत्र पठाएको हो। यस अवधिमा कर नतिरे काठमाडौं महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारवाही हुने उल्लेख गरिएको छ। यसमा आपतकालीन बाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्नेसम्मका व्यवस्था छन् ।
महानगरले ठमेल स्थित एलओडी क्लब सहित ४३ डान्सबार, दोहोरी र क्लबलाई कर तिर्न पत्र गरेको हो। यी स्थलमा प्रवेश गर्न प्रतिटिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्छ । यो कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया