‘युक्रेनको राजधानी किएभबाट रुसी सेना पछि हट्यो’

काठमाडौं । अमेरिकाले रुसी सेना युक्रेनको राजधानी किएभ र चेर्निहिबबाट पछि हटेको दाबी गरेको छ ।
बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पेन्टागनका अधिकारी जान किर्बीले रुसको किएभ र चेर्निहिबबाट रुसी सेना पूर्णतः पछि हटेको बताए ।
उनले भने, ‘किएभ र चेर्निहिबमा हामीले रुसी बल देखेका छैनौं ।’
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न पूर्ण रूपमा विफल रहेको दाबी पनि गरे । युक्रेनको कम उपस्थिति रहेको क्षेत्रमा रुसले नियन्त्रण जमाए पनि खारबिभमा उसले नियन्त्रण गुमाएको उनले बताए ।
अमेरिकाको यो दाबी यस्तो समयमा आएको छ जतिबेला रुसले युक्रेनको पूर्वी क्षेत्र डोनबास नियन्त्रणको प्रयास गरिरहेको छ ।
पेन्टागनका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा रुसी सेना आगामी दिनमा पुनः किएभ फर्कने सक्ने बताए ।
एक अमेरिकी रक्षा अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एसोसिएटेड प्रेसले रुसले हालसम्म २४ हजार सैनिक फिर्ता गरेको दाबी गरेका छन् ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया