स्थानीय तह निर्वाचन : कांग्रेसद्वारा प्रवास समन्वय प्रचार-प्रसार उपसमिति गठन
काठमाडौं । बैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी प्रचार-प्रसारका लागि प्रवास समन्वय प्रचार प्रसार समिति गठन गरेको छ ।
स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमितिअन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो ।
कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा प्रवास समन्वय प्रचार-प्रसार उपसमिति गठन गरेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया