समाजवादीको निर्वाचन परिचालन कमिटी गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
केन्द्रीय सचिवालय बैठकले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गर्दै केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्षहरु, जनसङ्गठनका केन्द्रीय पदाधिकारीसमेत रहने गरी कमिटी गठन गरेको हो । बैठकले महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ ।
पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको पार्टीमा योगदान गरेकोलगायत मापदण्ड निर्धारण गरेको छ । सम्बन्धित तहले उम्मेदवार सिफारिस एवं निर्णय प्रक्रिया निर्धारण गर्ने व्यवस्था गरिएको छ । वडा कमिटीले यही चैत ३० गतेभित्र, पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र, प्रदेश कमिटीले वैशाख ६ गतेभित्र र केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र उम्मेदवारको सिफारिस गर्नुपर्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया