भरतपुरको मेयरका लागि निवेदन हाल्ने कांग्रेसका २५ नेता को–को हुन् ?

काठमाडौं । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीलाई समर्थन गरेर जिताएको कांग्रेस भरतपुरमा यसपटक मेयरका लागि २५ नेताले निवेदन दिएका छन् ।
सत्ता गठबन्धन मिलेर चुनाव लड्ने गरी तयारी गरिरहँदा चितवनको भरतपुर माओवादीको भागबण्डामा पर्ने देखिएको छ । तर पनि यो पटक माओवादीलाई कुनै हालतमा नछोड्ने गरी चितवन कांग्रेसले तयारी गरेको छ ।
तर भरतपुरको कांग्रेस कार्यसमितिले मेयरका लागि दुई दिनको समय दिएर आवेदन माग गरेको थियो । जस अनुसार मेयरमा २५ र उपमेयरमा २४ जनाको उम्मेदवारी परेको छ ।
अहिले उपमेयर रहेकी पार्वती शाह ठकुरीले पनि मेयरमा आवेदन हालेकी छिन् ।
मेयरमा उम्मेदवारी दिनेमा प्रदेशका मन्त्री, कांग्रेस केन्द्रीय सदस्य, जिल्ला, चितवनका कांग्रेसको सभापतिमा पराजित भएका मिलनबाबु श्रेष्ठसहितका छन् ।
टेबहादुर गुरुङ र दिनेश कोइराला केन्द्रीय सदस्य हुन् ।
पुर्व सचिव उत्तम जोशी र पुर्वसांसद जगन्नाथ पौडेल पनि उम्मेदवारी दिन पार्टीमा आवेदन हालेका छन् । त्यस्तै, पूर्व सभापति चित्रसेन अधिकारी, महानगरका पूर्वसभापति भरत अधिकारीको पनि निवेदन पार्टीमा परेको छ ।
नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, भरत गुरुङ, डा. केशवभक्त सापकोटा, शंकर कँडेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, प्रकाश अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दीर्घमान श्रेष्ठ, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडी, गौरीकुमारी श्रेष्ठ र मिनाकुमारी खरेल पनि निवेदन परेको छ ।
ताजा अपडेट
-
को बन्ला राष्ट्र बैंकको गभर्नर ?
-
मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिकाे सम्भावना कति ?
-
‘बिचौलियाका स्वार्थमा रहेर भूमिसम्बन्धी विधेयक आयो’
-
मुसहर समुदायका महिला नागरिकता नभएर मौलिक हकबाट वञ्चित छन् : मुख्यमन्त्री सिंह
-
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
प्रतिक्रिया