माओवादीले वैशाख ५ भित्र उम्मेदवार सिफारिस गर्न गरेको विशेष परिपत्रमा के छ ?

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वैशाख ५ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन मातहतका कमिटीलाई परिपत्र गरेको छ ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको परिपत्रमा योग्य, अनुशासित, स्थानीय तहमा लोकप्रिय रहेका उम्मेदवारलाई छनोट गरी सिफारिस गर्न निर्देशन दिएको उल्लेख छ ।
जुन पदमा उठ्न लागेको त्यो पदका लागि क्षमता भएको, पार्टीप्रति बफादार, निष्ठावान, आर्थिक पारदर्शिता भएको जस्ता योग्यता माओवादीले तोकेको छ । जारी परिपत्रमा वडाध्यक्षको हकमा सम्बन्धित पालिकाले सिफारिस गरी प्रदेश कमिटीले निर्णय गर्न भनिएको छ ।
त्यस्तै नगरपालिका/गाउँपालिकाका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष लगायतमा उम्मेदवार छनोट प्रदेश कमिटीले सिफारिस गरी केन्द्रले निर्णय गर्ने भनिएको छ । महानगरपालिका र उपमहानगरपालिका उम्मेदवार टुंग्याउन गठबन्धन दलका शीर्ष नेताको बैठक मंगलबार बस्ने जानकारी माओवादी नेता गणेश साहले दिए ।
उनका अनुसार गत निर्वाचनमा जसले जहाँ जितेको छ त्यसै दललाई दिने र एमालेले जितेको ठाउँमा भागबण्डा गर्ने मोटामोटी सहमति भएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया