माओवादीले वैशाख ५ भित्र उम्मेदवार सिफारिस गर्न गरेको विशेष परिपत्रमा के छ ?
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वैशाख ५ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन मातहतका कमिटीलाई परिपत्र गरेको छ ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको परिपत्रमा योग्य, अनुशासित, स्थानीय तहमा लोकप्रिय रहेका उम्मेदवारलाई छनोट गरी सिफारिस गर्न निर्देशन दिएको उल्लेख छ ।
जुन पदमा उठ्न लागेको त्यो पदका लागि क्षमता भएको, पार्टीप्रति बफादार, निष्ठावान, आर्थिक पारदर्शिता भएको जस्ता योग्यता माओवादीले तोकेको छ । जारी परिपत्रमा वडाध्यक्षको हकमा सम्बन्धित पालिकाले सिफारिस गरी प्रदेश कमिटीले निर्णय गर्न भनिएको छ ।
त्यस्तै नगरपालिका/गाउँपालिकाका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष लगायतमा उम्मेदवार छनोट प्रदेश कमिटीले सिफारिस गरी केन्द्रले निर्णय गर्ने भनिएको छ । महानगरपालिका र उपमहानगरपालिका उम्मेदवार टुंग्याउन गठबन्धन दलका शीर्ष नेताको बैठक मंगलबार बस्ने जानकारी माओवादी नेता गणेश साहले दिए ।
उनका अनुसार गत निर्वाचनमा जसले जहाँ जितेको छ त्यसै दललाई दिने र एमालेले जितेको ठाउँमा भागबण्डा गर्ने मोटामोटी सहमति भएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया