स्याङ्जाका ढकालले अझै घुस खान छाडेनन्
काठमाडौं । नानीदेखि लागेको बानी भने जस्तो, निजामती सेवामा ३५ बर्ष विताएका एक अधिकृतले अवकाशपछि पनि घुस असुलीलाई उत्तिकै प्राथमिकता दिएका छन् ।
जागीरे जिवनमा करिब १० गाविसको गाविस सचिव हुँदै उनी अधिकृतबाट अवकाश भएका थिए । त्यसलगत्तै उनी स्थानीय एक सहकारीमा सचिव भए । तीनै ढकालले सहकारीको सचिव हुँदा समेत घुस लिने र सेवाग्राहीलाई दुख दिन थालेका छन् ।
सेते दोभान विद्युत सहकारी लि.को सचिव महेन्द्रले एक ठेकेदार कम्पनीलाई ५ लाख रुपैयाँ नदिएसम्म काम अघि बढाउन नदिने भन्दै दवाव दिए । ठेकेदार कम्पनीले २ लाख ३० हजार रुपैयाँ दिन सहमत भयो ।
ठेकेदार कम्पनीले ढकालको नाममा २ लाख ३० हजारको चेक दिएको थियो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको कम्पनीको चेक आफ्नो व्यक्तिगत खातामा डिपोजिट गरेका ढकालले उक्त पैसा आफु एक्लैले नलिएको दावी गरेका छन् ।
उनले त्यो पैसा सेते दोभान विद्युत सहकारी लि.का अध्यक्ष देवेन्द्र गुरुङ्ग र आँधीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कमल पौडेलले बाँडेर लिएको स्वीकार गरेका छन् ।
पौडेल सेते दोभान विद्युत सहकारी लि.का सचिवबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार भएर गएपछि ढकाल सचिव बनेका हुन् । वडाध्यक्ष पौडेलले भने सबैकुरा ढकालसँग सोध्न भनेका छन् ।
ठेकेदारसँग पैसा लिएको स्वीकार गरेका ढकालले शुरुमा ठेकेदारले खुशी भएर दिएको बताएका थिए । आफु पैसा फिर्ता गर्न तयार रहेको भन्दै ढकालले दुई लाख पैसा लिएको समाचार प्रकाशित नगरिदिन आग्रह समेत गर्दै आएका छन् ।
सेते दोभान विद्युत सहकारी लि.मा कार्यरत एक कर्मचारीका अनुसार ढकाल, पौडेल र गुरुङ्गले भ्रष्टाचारमा संलग्न हुने गरेको बताए । उनले भने, संस्थामा बस्ने, राजनीतिक पहुँच विस्तार गर्ने र भ्रष्टाचार गर्ने प्रवृति बढेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया