एमाले र परिवार दलबीच चुनावी गठबन्धन
काठमाडौं । नेकपा (एमाले) र नेपाल परिवार दलबीच स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने आज सहमति भएको छ ।
सहमतिअनुसार अब परिवार दलका उम्मेदवारले स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, आजै एमाले र राप्रपा नेपालबीच पनि स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ ।
परिवार दल एकनाथ ढकाल नेतृत्वको पार्टी हो । ढकाल धर्मान्तरण गरेर क्रिस्चियन भएका छ ।
ताजा अपडेट
-
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
प्रतिक्रिया