यस्ता छन् गठबन्धनसँग भिड्ने एमालेका सात रणनीति
काठमाडौं । सत्तागठबन्धन तालमेलसहित चुनावमा जाने भएपछि एमालेले जवाफी योजना र रणनीतिको तयारी थालेको छ । आफूहरूका सिटमा भागबण्डा गर्ने गरी सत्तारूढ पाँचदलीय गठबन्धन अगाडि बढेपछि व्यवस्थित योजना र आक्रामक प्रचारसहितका रणनीति अंगीकार गरेको छ ।
एमालेले चुनावमा गठबन्धनसँग भिड्न सात रणनीति अख्तियार गरेको छ । आफू नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्ने र गठबन्धन सरकारको नौमहिने कार्यकालका कमजोरीलाई चुनावी एजेण्डा बनाउने एमालेको पहिलो रणनीति छ । माओवादी केन्द्रसहित सत्तागठबन्धनका पार्टीबाट निर्वाचित लोकप्रिय प्रमुख र उपप्रमुखलाई भित्राएर टिकट दिने अर्को नीति पनि एमालेको छ । थुप्रै जिल्लामा सत्तागठबन्धनभित्र सिट बाँडफाँटमै सकस देखिएका बेला एमालेले त्यो अन्तरविरोधमा खेल्ने र टिकट नपाउनेलाई भित्राउने योजना पनि बनाएको छ ।
खासगरी कोभिडपछि मुलुकको आर्थिक सूचकांक खराब हुँदै गएपछि त्यसलाई गठबन्धन सरकारकै असफलताका रूपमा एमालेले प्रचार गरिरहेको छ । त्यसो त, स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल सिर्जना गर्न सो पार्टीका अध्यक्ष केपी ओली आफैं देश दौडाहमा छन् । एमालेले बनाएको विपक्षीगठबन्धनमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकालको राष्ट्रिय परिवार दल सामेल भइसकेका छन् भने अन्य अरू दललाई पनि सहभागी गराउने प्रयास भइरहेको छ । सत्ता गठबन्धनको सामना गर्न दुई महिनादेखि पार्टी प्रवेश अभियान सञ्चालन गर्नुका साथै धेरै मतदाता रहेको मधेसमा एमालेले नजर लगाएको नयाँ पत्रिकाले लेखेको छ ।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल एमालेले स्थानीय चुनाव आरामदायी रूपमा जित्ने बताउँछन् । एमाले फेरि पनि पहिलो दल बन्ने उनको दाबी छ । जितका लागि चार आधार रहेको र उसैगरी रणनीति पनि बनाएको उनले बताएका छन्
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया