अध्यादेश सकस : छलफल गर्न सभामुखले बोलाए दलका प्रमुख सचेतक
काठमाडौं । प्रतिनिधिसभाका सभापति देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । सरकारले संसद्मा पेश गरेका विभिन्न ६ अध्यादेशबारे छलफल गर्न सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूलाई बोलाएका हुन् ।
बुधबार दिउँसो ३ बजे बस्ने गरी प्रमुख सचेतकहरूलाई बैठकमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
सरकारले ल्याएको अध्यादेशलाई लिएर प्रतिपक्ष दल असन्तुष्ट छन् भने सत्तापक्ष यसलाई पारित गराउने पक्षमा छन् ।
सरकारले ल्याएको अध्यादेश संघीय संसदका दुवै सदनबाट ६० दिनभित्र पास भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभामा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत रहे पनि ५९ सदस्यीय राष्ट्रियसभामा उनीहरूको पक्षमा २८ सांसद मात्र छन् ।
त्यसैले सरकारले राष्ट्रियसभामा उपेन्द्र यादव नेतृत्वको दलको साथ खोजेको छ । राष्ट्रियसभामा उपेन्द्रको दलबाट तीन सांसद छन् ।
अध्यादेशमा उपेन्द्रको दल निर्णायक देखिए पनि उसले अहिलेसम्म यसको पक्ष या विपक्ष कुनमा उभिने भन्नेबारे निर्णय लिइसकेको छैन । पार्टी नेता राजकिशोर यादवको नेतृत्वमा यसबारे निर्णय लिन कार्यदल गठन गरिएकाले त्यसले दिएको सुझावको आधारमा अघि बढ्ने सो पार्टीले जनाएको छ । विषयविज्ञसँग छलफल गरिरहेको यादव नेतृत्वको कार्यदलले बुधबार अबेरसम्म यसबारे पार्टीलाई सुझाव दिइसक्ने बताइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया