अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छ : सांसद पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम रोक्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको विशेष समयमा उनले संसद्का समितिमा छलफलमा रहेका बेला प्रक्रिया पूरा नगरी अध्यादेश ल्याइएकामा आपत्ति जनाए ।
सांसद पुनले संसद्को अवहेलना सहेर बस्ने अवस्था नहुने उल्लेख गर्दै सबै दलले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । महँगी र व्यापार घाटा बढेकाले यस्ता जनसरोकारका मुद्दामा सरकारको ध्यान जान नसकेको बताए ।
प्रमुख प्रतिपक्षी दलको नेताले संसद्मा बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय संस्कृतिलाई भुल्न थालिएकामा उनले आपत्ति जनाए । नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिनुपर्ने सांसद पुनको माग थियो ।
सर्लाहीको बरहथवामा प्रेम विवाह गरेका जोडी सत्येन्द्र र नेहाको घटनाका बारेमा छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले माग गरे ।
डढेल्धुराको रङ्गुन नदीमा समयमै पुल निर्माण गर्न तथा रोल्पालगायतका जिल्लामा पुराना आयोजना समयमै निर्माण सम्पन्न गर्न सांसद पुनले सरकारको ध्यानाकर्षण गराए ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया