NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

काठमाडौं । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा. गार्गी शर्मालाई प्रदान गरेको छ । सरदार रुद्रराज पाण्डेको १२५औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गरे ।

पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ । नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले दिएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाज सेवामा पाण्डेले उल्लेखनीय योगदान गरेका छन्। उनको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ ।

यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट भानु माविका विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष