काठमाडौंबाट ट्रकसहित २० करोड रूपैयाँ बरामद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २० करोड रूपैयाँसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको रकममा केही विदेशी मुद्रासमेत छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान उक्त रकमसहित ट्रक नियन्त्रणमा लिएको हो ।
उक्त रकमबारे विस्तृतमा खुल्न बाँकी छ ।
प्रहरीले यसबारे जानकारी दिन अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
प्रतिक्रिया