स्पेनले विद्युतीय सवारीको अनुदान बढायो

एजेन्सी । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन् २०२५ को सुरुदेखि पुनः लागू गर्ने निर्णय गरेको छ
यो योजना वर्षभरि लागू हुनेछ। यस अनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन्। व्यावसायिक गाडीको हकमा यो रकम नौ युरोसम्म हुनेछ ।
यस योजनाले गाडी किन्नेहरूलाई १५ प्रतिशत कर छुट दिनेछ, जसको सीमा तीन हजार युरो छ । साथै, देशभर विद्युतीय गाडी चार्ज गर्ने स्थान बढाउन पनि सहयोग गरिनेछ ।
पर्यावरण मन्त्री सारा आगेसनले मन्त्रिपरिषद्को बैठकपछि यसबारे जानकारी दिए । उनले भने, “यसले विद्युतीय गाडीको माग बढाउन मदत गर्छ र हाम्रो उद्योगलाई बाहिरी समस्याबाट जोगाउँछ ।”
उनका अनुसार यो योजनाले गाडी किन्नेहरूलाई भरपर्दो वातावरण सिर्जना गर्नेछ र विद्युतीय सवारी उत्पादन तथा अन्य सम्बन्धित उद्योगलाई पनि फाइदा पुग्नेछ ।
“हामीले अहिलेसम्म विद्युतीय सवारी र पूर्वाधारका लागि ३ अर्ब युरो खर्च गरिसकेका छौँ,” आगेसनले बताए।
युरोपेली संस्थाका अनुसार, सन् २०२४ मा स्पेनमा एक लाख ३३ हजार ६९९ वटा विद्युतीय गाडी बिक्री भए । यद्यपि, पूर्ण विद्युतीय र प्लग–इन गाडीको बिक्री अघिल्लो वर्षभन्दा ३।९ प्रतिशतले घटेको थियो। यी गाडीले कुल बिक्रीको ११.४ प्रतिशत ओगटेका थिए ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया