अनुमतिबिना बन्दुक बोकेको अभियोगमा एक जना पक्राउ

बैतडी । अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा देखेपछि उनलाई पक्राउ गरिएको हो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया