अनुमतिबिना बन्दुक बोकेको अभियोगमा एक जना पक्राउ
बैतडी । अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा देखेपछि उनलाई पक्राउ गरिएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया