गगन थापाको गुनासो–सरकार ट्याक्टरको गतिमा चल्यो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले सरकारले आवश्यक गति नलिँदा निराशा बढेको बताए ।
‘देशलाई अहिले कंकर्डको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ,’ एमाले–कांग्रेस सम्मिलित वर्तमान सरकार सञ्चालन संयन्त्रका सदस्य समेत रहेका थापाले भने, ‘आम मानिसले अहिले जे अपेक्षा गरिरहेका छन्, त्यो सरकारले पक्रिन सकेको छैन ।’
उनले सरकारले आफ्नो गति बढाउन नसक्दा समस्या निम्तिएको बताए । सडकमा अहिले देखिएको असन्तुष्टिबारे चर्चा गर्दै उनले यो सरकारको कार्यशैलीको उपज भएको टिप्पणी गरे । उनले भने– सरकारले स्पिडमा काम गरेको भए सडकमा आन्दोलन देखिने थिएन । शिक्षक आन्दोलनमा आउने थिएनन् ।’
थापाले सरकारलाई काँध थापेर सहयोग गर्दा पनि अपेक्षित ढंगले काम नगरेको भन्दै निराशा व्यक्त गरे ।
उनले सरकारको कार्यशैलीकै कारण पार्टीको तल्लो तहमा निराशा छाएको र त्यसलाई चिर्न आफूहरूले खबरदारी थालेको बताए । तर उनले यो खबरदारीलाई विकल्प खोज्न लागेको अर्थमा नबुझ्न आग्रह गरे ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया