एकीकृत समाजवादीको चुनावी घोषणापत्रमा एमालेको सरकारका लोकप्रिय कार्यक्रमसमेत समेटिए (पूर्णपाठसहित)
काठमाडौं । नेकपा (एमाले)बाट विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टीले मंगलबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गरेको हो । गठबन्धन दलभित्र घोषणापत्र सार्वजनिक गर्ने एकीकृत समाजवादी दोस्रो दल हो ।
यसअघि राष्ट्रिय जनमोर्चाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो ।
घोषणापत्रमा एकीकृत समाजवादीले एमालेसँगकाे विद्रोहदेखि ०५१ सालमा एमालेले नै गरेका लोकप्रिय कामसमेत उल्लेख गरेको छ ।
घोषणापत्रका केही बुँदा :
१. गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह
२. शान्ति स्थापनामा प्रमुख भूमिका
३. तत्कालीन ‘अनमिन’लाई बिदाई
४. पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवात
५. काठमाडौँ–निजगढ द्रुत मार्गको सुरुवात
६. स्थानीय तहमा महिला र उत्पीडित–दलित समुदायको उपस्थिति
बढाउने काम
७. उपल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको सुरुवात
८. नेपालमा सुरुङ मार्गको सुरुवात
९. जनता आवास कार्यक्रम
१०. विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा
११. अन्तर्जातीय विवाहलाई प्रोत्साहन
१२. एकल महिलालाई प्रोत्साहित गर्ने कार्यक्रम
१३. महिलामाथि हुने हिंसा नियन्त्रण गर्न प्रहरीमा महिला सेलको स्थापना
घोषणापत्रको पूर्णपाठ :
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया