नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम १३ अर्ब १८ करोड
काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा झिनो अंकको वृद्धि भएर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ४० अंकले बढेर बजार २६ सय ५९ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।
आज शेयर मूल्य बढ्ने र घट्ने कम्पनीहरू बराबर छन् । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोडभन्दा माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सानीमा माई हाइड्रो पावर लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड रुपैयाँभन्दा माथि शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जी र पिपुल्स पावरका लगानीकर्ताले कमाएका छन् । आज पियोर इनर्जीका लगानी कर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने पिपुल्स पावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत दरले कमाएका छन् । आज सबैभन्दा धरै अपर हेवा खोलाको लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया