NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

विहेका तस्बिर सार्वजनिक गर्दै केकीले भनिन्, ‘आशीर्वादको अपेक्षा गरेका छौं’

काठमाडौं । नायिका केकी अधिकारीले विवाहका तस्बिर सार्वजनिक गरेकी छिन् । उनले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत विहेका तस्बिर सार्वजनिक गरेकी हुन् ।

केकीले कलाकारका रूपमा आफ्ना हरेक उतार चढाबको साक्षी बनेका दर्शकसँग विवाहको शुभ समाचार बाढ्न पाउँदा खुसी लागेको बताएकी छिन् । उनले आफूसँगै आफ्ना श्रीमान्लाई पनि आशीर्वाद दिन अनुरोध गरेकी छिन् ।

‘कलाकारका रूपमा मेरा हरेक उतार चढाबको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकससँग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु’, उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहारस्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ ।’

को हुन् केकीका श्रीमान् ?

केकीले व्यवसायी रोहित तिवारीसँग बिहीबार विवाह गरेकी हुन् । बुधबार भने उनीहरूले मेहन्दी लगाउने कार्यक्रम गरेका थिए । चलचित्र क्षेत्रका केहीले त्यसैलाई विवाह ठानेर सञ्चारमाध्यमहरूलाई जानकारी दिएका थिए । त्यसैलाई लिएर विवाहका समाचारसमेत बने । यद्यपि, वास्तविक विवाह भने बिहीबार भएको पुष्टि भएको छ ।

केकीले गरिन् गुपचुप विवाह

ताजा अपडेट

नेपालवाच विशेष