चुनावी भागबण्डाप्रति असन्तुष्टि जनाउँदै जसपा नेता यादवले पार्टी छोडे
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिए । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए ।
मोरङका प्रभावशाली नेता रहेका यादवले विराटनगरमा पार्टी बलियोे अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पदमा छाडेकामा विरोध गरे । उनले पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदा रहँदै प्रमुख पद छाडेको विरोधस्वरूप पार्टी त्याग गरेको जानकारी दिए ।
नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै आइतबार महानगर प्रमुखको पदमा स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणासमेत गरे । यादवले विसं २०७४ महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई तेस्रो स्थान ल्याएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया